किन भेटेनन कांग्रेस सभापति देउवाले महामन्त्री द्वय थापा र शर्मा लाइ

किन भेटेनन कांग्रेस सभापति देउवाले महामन्त्री द्वय थापा र शर्मा लाइ


काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगको निर्धारित भेट स्थगित गरेका छन्। अपराह्न ५ बजेका लागि तोकिएको भेट अन्तिम समयमा आफू व्यस्त भएको कारण देखाउँदै शुक्रबारका लागि सारिएको छ।

पार्टी सूत्रका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि सहभागी गराएर तीन शीर्ष नेताबीच छलफल हुने तयारी थियो। तर, एकाएक भेट स्थगित गरिएको हो।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवा अन्य काममा व्यस्त हुनुपरेका कारण बिहीबार भेट हुन नसकेको बताए। ‘आज भेट्ने कुरा थियो, तर सभापतिज्यू भ्याउनुभएन,’ पौडेलले भने, ‘भोलि अनुकूल समयमा महामन्त्रीद्वयलाई सभापति खुद वा स्वकीय सचिव भानु देउवाले बोलाउने जानकारी गराइएको छ।’

यसैबीच, महामन्त्रीद्वय थापा र शर्माको सक्रियतामा आगामी पुस २७ र २८ गते भृकुटीमण्डपस्थित हलमा पार्टीको महत्वपूर्ण कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको बुझिएको छ। पार्टीभित्र महाधिवेशन र आगामी निर्वाचन तयारीका विषयमा देखिएको मतभेदका बीच यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको थियो।