रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक बोलाइएको छ । काठमाडौँको वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

बैठक पार्टी सभापतिको आह्वान तथा महामन्त्रीको समन्वयमा बैठक बोलाइएको सूचनामा उल्लेख छ । बैठकको कार्यसूचीमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण र विविध विषय राखिएको छ ।