कांग्रेसको समस्या सुल्झाउन डा.शेखरका उपायः चुनाव, भेला वा नियमित महाधिवेशन

कांग्रेसको समस्या सुल्झाउन डा.शेखरका उपायः चुनाव, भेला वा नियमित महाधिवेशन

विशेष महाधिवेशन विवादमा शेखर कोइरालाको मध्यमार्गी प्रयास


 

काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेसको नियमित कि विशेष महाधिवेश भन्ने विषयलाई लिएर चुलिदै गएको बिबाद सुल्झाउन तीन महत्वपूर्ण बैकल्पिक सुझाव दिएका छन्।

पार्टी सभापति शेरबहादुर देउवासहितका नेतालाई मंगबार बिहान भेटेर बरिष्ठ नेता डा.कोइरालाले पार्टीका महामन्त्रीद्वयलाई बोलाएर छलफल गरी समस्या निकासका लागि तीन सुझाव दिएका हुन्।

डा.कोइरालाले पार्टी भित्रका सबै समूह र पक्षलाई समेटेर सर्वपक्षिय वछलपल गरी साझा प्रतिबद्धतासहित राष्ट्रिय सभाको यही माघ ११ गते र प्रतिनिधिसभाको यही फागुन २१ गते हुने निर्वाचनमा जाने निर्णयमा पुग्नु पर्ने पहिलो बिकल्प प्रस्तुत गरेका छन् ।

बरिष्ठ नेता डा.कोइरालाले दोश्रो विकल्पको रुपमा केन्द्रीय कार्यसमितिको बैठकले आगामी माघ ६ गते पछिको मिति र विधि निर्धारण गरी महाधिवेशन प्रतिनिधिहरुको भेला बोलाउनु पर्ने बताएका छन्।

उनले महाधिवशेन प्रतिनिधिहरुको त्यस्तो भेलाले विशेष प्रस्ताव परित गरी १५औं महाधिवेशनमार्फत कार्यान्वयन गराउने घोषणा गर्न सकिने बताएका छन्। उनले महाधिवेशन प्रतिनिधिहरुको त्यस्तो भेला बोलाउँदा यही पुस २७ र २८ गते बोलाइएको विशेष महाधिवेशन रोक्नु पर्ने सुझाव दिएका छन् ।

निर्वाचन आयोगले यही माघ ६ गते हुने प्रतिनिधिसा सदस्यको उम्मेदवारी दर्ताको मिति निर्धारण गरेको छ।

कोइरालाले दुई वटा विकल्पमा समेत विेशष महािधवेशन पक्षधरहरुलाई स्वीकार्य नभए पाटी विधानबमोजिम आगामी वैशाख अन्तिम साता हुने पार्टीको १५औं नियमित महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न एकजुट हुनु पर्नेमा जोड दिएका छन्।

उनले सभापति देउवाले दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग भेट गरी विशेष महाधिवेशनको बिकल्प दिएर विबाद र समस्या समाधानको लागि पहल गरिदिन आग्रह गरेका थिए। भेटमा सभापति देउवासहित कार्यवाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखक लगायतका नेताहरु थिए।

पार्टी सभापति देउवालाई भेट्न नेता डा.कोइराला पूर्वमन्त्री डा.मिनेन्द्रप्रसाद रिजाललाई लिएर गएका थिए। त्यसअघि डा. कोइरालाले पार्टीको बिबाद मिलाउन मध्यमार्गी भूमिका निर्वाह गर्न आग्रह गर्दै भेट गर्न आएका पार्टीका २५ जना केन्द्रीय सदस्यहरुसँग भेट गरेका थिए।

नेता डा. कोइरालाले मंगलबार नै आफू निकटका करिव तीन दर्जन केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए। सो छलफलपछि कोइरालाले विशेष महाधिवेशन भनी बोलाइएका महाधिवेशन प्रतिनिधिहरुको भेलालाई चुनावी घोषणा सभामा परिणत गर्न सकिने जनाएका थिए।