पर्यो त माण्डु हाइड्रोपावरको आइपिओ ?

पर्यो त माण्डु हाइड्रोपावरको आइपिओ ?


काठमाडौं ।

माण्डु हाइड्रोपावरको बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज आफ्नै कार्यालय कमलादी काठमाडौंमा बिहान ९ः३० बजे आइपिओ बाँडफाँट भएको हो ।

मागभन्दा ८.८७ गुणा बढी आवेदन परेको माण्डु हाइड्रोपावरको आइपिओ गोलाप्रथाबाट बाँडफाँट भएको छ । यसमा ९ लाख ८० हजार ५५ जनाले कुल १ करोड ६ लाख ९५ हजार ३३० कित्ताका लागि आवेदन दिएका छन्। जसमा १ लाख २० हजार ५३२ जनाले मात्र सेयर हात पारेका छन्। बाँकी ८ लाख ५९ हजार ५२३ जनाको भने हात खाली भएको छ।

यस कम्पनीले भदौ १० गतेदेखि १३ गतेसम्म फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरले १३ लाख ६ हजार ३०६ कित्ता सेयर आइपिओ जारी गरेको थियो। जसमध्ये २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो।

त्यस्तै, ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ। बाँकी १२ लाख ५ हजार ३२० कित्तामा सर्वसाधारणले आवेदन दिने व्यवस्था रहेको थियो।

माण्डु हाइड्रोपावरको आइपियोको रिजल्ट https://results.prabhucapital.com तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट सकिनेछ ।