शेखर दाइको मुख्य चिन्ता पार्टी नफुटोस् भन्ने नै छ : सुनिल शर्मा

शेखर दाइको मुख्य चिन्ता पार्टी नफुटोस् भन्ने नै छ : सुनिल शर्मा


काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले इतर पक्षका नेता डा। शेखर कोइराला पार्टी विभाजन रोक्न लागिपरेको बताएका छन्।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेता शर्माले कोइरालाको मुख्य चिन्ता पार्टी नफुटोस् भन्ने नै रहेको बताए। उनले आफू हिजो राति १२ बजेसम्म कोइरालासँग छलफलमै रहेको जानकारी गराए। उनले भने, उहाँ मात्रै होइन, हामी सबै पार्टी जोगाउनुपर्छ भन्नेमा छौँ। पार्टीका कतिपयहरू गगन विश्वप्रकाशहरूले छाडेर गइदिए हामी मात्रै खान्थ्यौँ भन्ने छन्। त्यो झुन्ड सानो छ।

उनले कोइरालाले विशेष महाधिवेशनलाई नीति महाधिवेशनमा रूपान्तरण गर्नको लागि सभापति र कार्यवाहक सभापतिसँग पनि छलफल गरिरहेको बताए।