कांग्रेसका सभापति देउवा समूहको निष्कर्ष–पार्टी फुटाउन सक्दैनन्

कांग्रेसका सभापति देउवा समूहको निष्कर्ष–पार्टी फुटाउन सक्दैनन्


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहेका बेला आफू निकटका नेताहरुसँग छलफल गरेका छन् । देउवा निवास महाराजगन्जमा भएको छलफलमा विशेष महाधिवेशनमा भेला भएका प्रतिनिधिले पार्टी फुटाउन नसक्ने निष्कर्ष निकालेको एक नेताले बताए ।“सामान्य समीक्षा भयो, पार्टी फुटाउन सक्दैनन् भन्ने नै हाम्रो निष्कर्ष हो,” छलफलमा सहभागी एक नेताले भने । देउवा समूहका थुप्रै केन्द्रीय सदस्यसहित प्रतिनिधि उपस्थित भए पनि नजिकका नेता तथा प्रतिनिधि भने उपस्थित भएका छैनन् ।