काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस दास र लासको पार्टी नभएको बताउनुभएको छ।
काठमाडौँको भृकुटीमण्डपमा आजदेखि सुरु भएको विशेष महाधिवेशनको उद्घाटन समारोहमा महामन्त्री थापाले कांग्रेस मानिसहरूको पार्टी भएकाले विवेक प्रयोग गर्ने दाबी गर्नुभयो।महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई राजीनामा दिन सुझाएका छन् । विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै समयको मागअनुसार मार्गप्रशस्त गर्न गगनले आग्रह गरे । उनले अहिले देउवा निवासमा भइरहेको संस्थापन पक्षका भेलामा नेताहरूले महामन्त्रीद्वयले नचाहिने काम गरे भनेर सुनाइरहेको हुनसक्ने लख काटे ।
उनले भने,’यी दुईटा महामन्त्रीले अराजनीतिक काम गरे, यी महामन्त्रीले तपाईंलाई दुख दिइरहेका छन् ।’ कार्यवाहक दिएको दिन भएको प्रशंसालाई स्मरण गर्न आग्रह गरे ।
उनले भने, ‘यहाँ आएकाहरू तपाईंलाई माया नगर्नेहरू होइनन् । तपाईंलाई माया गर्नेहरू हुन् । तपाईंप्रतिको सम्मान नघटोस् भनेर दाइ छाडिदिनुस् भनेका हौँ । जसले घुमिघुमी बोलाइरहेका छन् ती तपाईंलाई माया गर्ने मान्छे होइनन् ।’

प्रतिक्रिया