काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह सर्वोच्च अदालत पुगेकाे हाे ।
नेता पूर्णबहादुर खड्काको नेतृत्वमा रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको अधिवक्ता लक्ष्मी दाहाल रावलले जानकारी दिइन् । उनका अनुसार रिट निवेदन दर्ता हुने प्रक्रियामा रहेको छ ।
उनका अनुसार विशेष महाधिवेशन पक्षधरले विधि विधान विपरीत महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेकाले उक्त महाधिवेशन अवैधानिक करार गर्न माग गरिएको छ ।

प्रतिक्रिया