खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा


युवा तथा खेलकुद मन्त्रालयमा आइतबार नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता पदबहालीपश्चात मन्तव्य राख्नुहुँदै । तस्बिरः गोपाल दाहाल/रासस

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनी रास्वपाको तर्फबाट चुनाव लड्ने तयारी छन् । त्यसैले उम्मेदवारी दर्ता गर्नुअघि मन्त्री पद छोडेका हुन् ।
‘ मैले प्रधानमन्त्रीलाई राजीनामा दिने भनेर जानकारी गराइसकेँ ‘ मन्त्री गुप्ताले अनलाइनखबरसँग भने,’ प्रधानमन्त्रीले प्रक्रिया मिलाउन मात्र बाँकी छ ।’ उनले अब चुनावका लागि आफू होमिने बताए । उनी जेनजीहरूको प्रतिनिधिको रुपमा सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए ।