वर्षमान पुनलाई टक्कर दिन कांग्रेसले उतार्‍यो अर्थविद् डा. वली

वर्षमान पुनलाई टक्कर दिन कांग्रेसले उतार्‍यो अर्थविद् डा. वली


काठमाडौ । नेपाली कांग्रेसले रोल्पा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट डा सुदनकुमार वलीलाई उम्मेदवार बनाउने भएको छ ।
३३ वर्षीय वली अर्थशास्त्रका जानकार हुन् र हाल लुम्बिनी प्रदेश योजना आयोगका सदस्य छन् । टिकट पाएपछि उनले पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ताका लागि रोल्पा प्रस्थान गरेको कांग्रेस नेता मनोजमणि आचार्यले जानकारी दिएका छन् ।
तत्कालीन माओवादीको मुख्य आधार क्षेत्र मानिने रोल्पामा नेकपा ९माओवादी केन्द्र० बाट वर्षमान पुन उम्मेदवार छन् । २०७४ र २०७९ दुवै निर्वाचनमा पुनले जित हासिल गर्दै आएका छन् । २०७९ मा पुनले ४१,७१४ मत प्राप्त गरेका थिए भने एमालेका पूर्ण बुढामगरले १६,४८५ मत ल्याएका थिए ।
कांग्रेसले यसपटक नयाँ अनुहार अघि सार्दै पुनलाई टक्कर दिने रणनीति अपनाएको छ । जिल्ला तथा प्रदेश समितिले अमरसिंह पुन, मनोजमणि आचार्य, ज्ञानबहादुर वली र डा मन्दीप सुवेदीलगायतलाई सिफारिस गरेको भए पनि अन्तिम टिकट वलीलाई परेको हो ।