काठमाडौ । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोलुखुम्बु निर्वाचन क्षेत्रबाट प्रकाशसिंह कार्कीलाई उम्मेदवार टुंगो लगाएको छ ।
पार्टीको केन्द्रीय निर्णयअनुसार सोलुखुम्बुबाट नेपाली कांग्रेसको तर्फबाट प्रकाशसिंह कार्कीलाई प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवारको रूपमा चयन गरिएको हो । कार्की नेपाली कांग्रेस सोलुखुम्बुका प्रभावशाली नेता हुन् तथा पार्टीको उद्योग व्यापार विभागसँग सम्बद्ध रहँदै आएका छन् । उनी विगतमा प्रदेशसभा सदस्य पदका लागि पनि उम्मेदवार बनेका थिए र पार्टीभित्र लोकप्रिय छन् ।
सोलुखुम्बुमा नेपाली कांग्रेसले यसअघि प्रत्यक्षतर्फ १३ जनाको नाम सिफारिस गरेको थियो । जसमा बलबहादुर केसी, आङगेलु शेर्पा, विनोद बस्नेत लगायतका नेताहरूको नाम समावेश थियो । अन्तिम टुंगोमा भने प्रकाशसिंह कार्कीलाई पार्टीले अगाडि सारेको छ ।
प्रकाशसिंह कार्कीले विगतका निर्वाचनहरूमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । उनी सोलुखुम्बुको विकास, पर्यटन प्रवर्द्धन तथा स्थानीय स्तरमा पार्टी संगठन विस्तारमा योगदान पुर्याउँदै आएका छन् । यस पटकको निर्वाचनमा उनले सोलुखुम्बुको समग्र विकास, रोजगारी सिर्जना, पूर्वाधार निर्माण तथा पर्यटन क्षेत्रको उन्नतिलाई मुख्य एजेन्डा बनाउने बताइएको छ ।
फागुन २१ गते हुने यो प्रतिनिधिसभा निर्वाचनमा सोलुखुम्बु एक मात्र निर्वाचन क्षेत्र भएको हुँदा यस क्षेत्रको नतिजाले समग्र राजनीतिक समीकरणमा पनि प्रभाव पार्ने अपेक्षा गरिएको छ । नेकपा ९एमाले० लगायत अन्य दलहरूले पनि आफ्ना उम्मेदवार टुंगो लगाउने क्रम जारी रहेको छ ।

प्रतिक्रिया