विभिन्न पार्टी परित्याग गर्दै ५२ युवा नेकपामा प्रवेश

विभिन्न पार्टी परित्याग गर्दै ५२ युवा नेकपामा प्रवेश


काठमाडौँ। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै काभ्रेपलाञ्चोकसहित विभिन्न जिल्लाका ५२ जना युवक नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा उनीहरुलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खादा र माला लगाएर पार्टी प्रवेश गराएका हुन् ।

त्यस अवसरमा नवप्रवेशीहरूलाई स्वागत गर्दै संयोजक दाहालले देश र जनताका पक्षमा इमान्दारीपूर्वक काम गर्न अनुरोध गरे ।