काठमाडौँ। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै काभ्रेपलाञ्चोकसहित विभिन्न जिल्लाका ५२ जना युवक नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा उनीहरुलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खादा र माला लगाएर पार्टी प्रवेश गराएका हुन् ।
त्यस अवसरमा नवप्रवेशीहरूलाई स्वागत गर्दै संयोजक दाहालले देश र जनताका पक्षमा इमान्दारीपूर्वक काम गर्न अनुरोध गरे ।

प्रतिक्रिया