काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र देखिएको विवाद अन्त्य भइसकेको जनाएको छ। पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरेर प्रवक्ता देवराज चालिसेले पार्टी एकताबद्ध भएर चुनावमा होमिएको बताए। उनले पार्टीमा नयाँ नेतृत्व आएपछि अन्य पार्टीबाट प्रवेश गर्ने र निष्क्रिय रहेकाहरू समेत पार्टीमा फर्किन थालेको जिकिर गरे।
उनले अन्य दलले चुनावी गतिविधिमा बालबालिका प्रयोग गरेको आफूहरूले सूचना पाएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराए। उनले भने, ‘विपक्षी पार्टी र नेताहरूप्रति सामाजिक सञ्जाल तथा अन्य ठाउँमा धृणास्पद अभिव्यक्ति दिने, अमर्यादित टिप्पणी गर्ने कुराले स्वस्थ राजनीतिक प्रतिस्पर्धाको वातावरण बिथोलिँदै जान्छ। त्यसप्रति कांग्रेस सचेत छ।’

प्रतिक्रिया