पुनः कांग्रेसमा फर्किए पूर्वमन्त्री जितेन्द्रनारायण देव

पुनः कांग्रेसमा फर्किए पूर्वमन्त्री जितेन्द्रनारायण देव


काठमाडौं, फागुन ५ । नेकपा (एमाले) परित्याग गरेका पूर्वमन्त्री जितेन्द्रनारायण देव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सप्तरीको राजविराजस्थित कांग्रेस पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा उनी पुनः पुरानै पार्टीमा फर्किएका हुन्।

पार्टी प्रवेश कार्यक्रममा कांग्रेस जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सन्तकुमार मण्डल र राष्ट्रियसभा सदस्य रञ्जित कर्ण लगायतले देवलाई फूलमाला तथा अबिर लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

कांग्रेसका पूर्वसांसद रहेका जितेन्द्रनारायण देव गत वर्ष असारमा एमाले प्रवेश गरेका थिए । २०४९ सालमा एमालेबाटै राजनीति गरेका देव मधेस आन्दोलनपछि मधेसी दलहरूमा सहभागी हुँदै कांग्रेसमा पुगेका थिए । त्यसपछि उनी कांग्रेसबाट राष्ट्रिय सभा सांसद बनेका थिए । उनले गत माघ १९ गते एमाले परित्यागको घोषणा गरेका थिए।