म मधेशको बेटा बन्न आएको छु” – गगन थापाको भावुक सम्बोधन

म मधेशको बेटा बन्न आएको छु” – गगन थापाको भावुक सम्बोधन


काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले टिम नेपाली कांग्रसले देशको नेतृत्वमा लिएर कुसाशनले हराउने प्रतिज्ञा गरेका छन् ।

जनकपुरको तिरूहुतिया गाछीमा आयोजित प्रतिज्ञासभामा बोल्दै उनले सबैलाई समेटेर लैजान कांग्रेस सक्षम रहेको भन्दै काम गर्न आएको बताएका हुन् ।

उनले भने, मधेशबाट कांग्रेसले देश बदल्ने सहास लिएको छ। आट लिएको छ। अब मधेशले देशको संघीयतालाई कार्यान्वयन गराउन जरूरी छ।

उनले मधेशले देशलाई नेतृत्व गर्ने शिक्षा, स्वास्थ्य र विज्ञान र सूचना प्रविधिको क्षेत्र भएकाले मधेशले अब परविर्तन गर्नु पर्ने बताए। उनले मधेशलाई ज्ञानको केन्द्र बनाउन कांग्रेस मधेश झरेको बताए।

उनले भने, मधेशको शिक्षा नभएको भए आज पहाडमा गणित राम्रो पढाइ हुँदैनथ्यो। पहाडमा मधेशका शिक्षकले पढाएका हुन्। उनकै शिक्षाले देश शिक्षित भएको छ। तर आज मधेशको शिक्षा, स्वास्थ्य र वि१ानको अवस्था जरजर छ, यहाँ किसान, उखु किसानको अवस्था, पर्यावयरणको अवस्था भयावह छ। खानेपानीको समस्या समाधान गर्न म मधेश आएको हुँ।

उनले मधेशले सिंगो देशलाई पाल्न सक्ने तागत बोक्न सक्ने बनाउने प्रतिज्ञा गरेको बताए। उनले मधेशका या देशका जुनसुकै युवा विदेशमा भए त्यहाँ दूतावास राखेर भए पन िनेपालीको हेरचाह गर्ने व्यवस्था गर्ने बताए।

उनले भने, अअब मधेश वा कुनै क्षेत्रका नेपाली विदेशमा रहेछ भने उसको हेरचाह गर्न नेपाल सरकारले दुतावासको व्यवस्था र कर्मचारीको व्यवस्था गर्छ।

उनले मधेशको वित्तीय संरचना खल्बलिएकोले यहाँका सहकारी ठगहरूलाई तह लगाउन कांग्रेस मधेश आएको बताए । यहाँको वित्तीय संस्था खल्बलिएको छ। सहकारी ठगहरूको विगबिगी बढेको छ। सहकारी ठगहरूलाई तह लगाउन कांग्रेस मधेश झरेको छ। ु

उनले मधेशका युवाहरूले देखेको क्रिकेटको सपना पूरा गराउन चाहेकोले यहाँ क्रिकेट एकाडेमी बनाउने रहेको छ। उनले भने, मैले यहाँका युवाहरूको क्रिकेटको सपना पुरा गर्न चाहन्छु।

उनले आफू मधशको बेटा बन्न आएको भन्दै दुर्गानन्दको सहास, कुशेश्वरको रगतको सम्मान र महेन्द्रनिधिको जीवनशैली रहेकोले यहाँ आफू मधेशमा आएको बताए ।

कांग्रेस अब पखालिएर आएको भन्दै जनविश्वास लिन आएको पन कांग्रेस मधेश आएको सभापति थापाले बताए। ुअब हामी मत मात्रै होइन विश्वास र भरोसा लिन आएको र देशलाई सँगसँगै हिडाउन र परिवर्तन देख्न आएको हुँ। म सबै युवाहरूको सपना पूरा गर्न र युवाहरूको साँझा पार्टी बनाउन आएको हुँ।