शंकरलाई सघाउने निर्णयमा असन्तुष्ट दाङ-२ का प्रलोपा उम्मेदवार नेकपा प्रवेश

शंकरलाई सघाउने निर्णयमा असन्तुष्ट दाङ-२ का प्रलोपा उम्मेदवार नेकपा प्रवेश


रुपन्देही । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट दाङ-२ मा उम्मेदवार रहेका प्रतिक अधिकारी नेकपामा प्रवेश गरेका छन् ।

प्रलोपाले अधिकारीको उम्मेदवारी निष्क्रिय गर्दै एमाले उम्मेदवार शंकर पोखरेललाई सघाउने निर्णय गरेपछि उनी असन्तुष्ट थिए । अधिकारीलाई दाङ-२ का नेकपा उम्मेदवार निर्मल आचार्य र समानुपातिक उम्मेदवार भीमकुमारी बुढाले पार्टीमा भित्र्याए ।

एमालेसँग भएको सम्झौता अनुसार प्रलोपाले दाङमा एमाले उम्मेदवारलाई सघाउने गरी अधिकारीको उम्मेदवारी यसअघि निष्क्रिय गरेको थियो । एमाले र प्रलोपाबीच कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लामा एक अर्काले सघाउने सहमति भएको थियो ।