रुपन्देही । अस्वस्थ भएपछि बिहीबार राति सुर्खेतबाट रास्वपा सभापति रवि लामिछानेसँगै दाङ आउने पूर्वयोजना छाडेर रास्वपाका वरिष्ठ नेता बालेन शाह काठमाडौं फर्केका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार बेलुकी सुर्खेतबाट जहाजमा काठमाडौं फर्किएकाले लामिछाने र अन्य नेता मात्रै दाङ आएको दाङ सभापति विनय घिमिरेले बताए ।
रास्वपाले आज घोराहीमा लुम्बिनी प्रदेशस्तरीय चुनावी सभा आयोजना गरेको छ ।

प्रतिक्रिया