काठमाडौ । मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतमा पेसी तोकिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासमा पेसी तोकिएको हो । निवेदन दोस्रो नम्बरमा पेसी तोकिएको छ ।
प्रसाईंको हकमा उमा प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी हुन् । यसअघि सर्वोच्चले अदालत उपस्थित गराउन आदेश दिएको थियो । प्रसाईं विभिन्न समयमा पक्राउ पर्दै रिहा हुने हुँदै आएका छन् । पछिल्लो पटक उनले दिएको अभिव्यक्तिमाथि अनुसन्धानका लागि भन्दै प्रहरीले गत सोमबार राति पक्राउ गरेको थियो । जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेपछि परिवारको तर्फबाट बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरिएको हो । सर्वोच्चले आज रिहा गर्न आदेश गरे उनी छुट्नेछन् भने निवेदन खारेज गरेमा उनी थुनामै रहनेछन् ।

प्रतिक्रिया