इरानले युएईमा गरेको हवाई हमलामा मारिएका नेपाली नागरिकको परिचय खुलेको छ।ज्यान गुमाउने नेपाली गोर्खाका २९ वर्षीय दिवस श्रेष्ठ रहेका अबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ। श्रेष्ठ मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए। अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि जवाफमा इरानले अमेरिकी सेनाको बेस रहेका देशहरूमा प्रत्याक्रमण गरेको थियो। इरानले दुबई र अबुधाबीको विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण गरेको थियो।


प्रतिक्रिया