गोरखा–२ मा रास्वपाका बुर्लाकोटीको अग्रता कायमै

गोरखा–२ मा रास्वपाका बुर्लाकोटीको अग्रता कायमै


गोरखा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कविन्द्र बुर्लाकोटीको अग्रता कायमै छ । निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वालेका अनुसार एक हजार ३४० मत गणना हुँदा रास्वपाका बुर्लाकोटीले ७९१ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, नेपाली कम्युनिष्ट पार्टीका र लेखनाथ न्यौपानेले २२१, नेपाली कांग्रेसका प्रकाशचन्द्र दुवाडीले १३७ र नेकपा (एमाले) का मिलन गुरुङले ७९ मत प्राप्त गर्नुभएको छ ।