२० सीट जित, ९९ क्षेत्रमा फराकिलो अग्रता – दुई तिहाई बहुमत नजिक!

२० सीट जित, ९९ क्षेत्रमा फराकिलो अग्रता – दुई तिहाई बहुमत नजिक!


काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमो मतगणना जारी रहँदा दुई तिहाई बहुमततर्फ अग्रसर भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले शनिवार बिहान ८ बजेसम्म २० सीट जितिसकेको छ । रास्वपा ९९ वटा क्षेत्रमा अग्रता लिइरहँदा अधिकांश क्षेत्रमा फराकिलो अग्रता भएकाले ती सबै सीट जित्ने सम्भावना छ । अहिलेसम्मको रुझान हेर्दा रास्वपा प्रत्यक्षतर्फ नै १३० कटाउने अवस्थामा देखिन्छ भने यहि अनुपातमा समानुपातिक मत आउँदा उसको दुई तिहाई बहुमत पुग्ने आँकलन गर्न सकिन्छ ।

यी हुन् रास्वपाले अहिलेसम्म जितेका निर्वाचन क्षेत्र र सांसद:

कोशी प्रदेश
१. सन्तोष राजवंशी,मोरङ– ४
२. रुबिना आचार्य,मोरङ– ६

मधेस प्रदेश
१.मनीष झा,धनुषा– ३
२.प्रमोदकुमार महतो,महोत्तरी– १

वाग्मती प्रदेश
१.रन्जु न्यौपाने,काठमाडौं– १
२.राजु नाथ पाण्डे,काठमाडौं– ३
३.पुकार बम,काठमाडौं– ४
४.सस्मित पोखरेल,काठमाडौं– ५
५.शिशिर खनाल,काठमाडौं– ६
६.गणेश पराजुली,काठमाडौं– ७
७.विराज भक्त श्रेष्ठ,काठमाडौं– ८
८.डोल प्रसाद अर्याल,काठमाडौं– ९
९.प्रदिप विष्ट,काठमाडौं– १०
१०.रवि लामिछाने,चितवन २

गण्डकी प्रदेश
१.धनन्जय रेग्मी,स्याङजा– १
२.उत्तम प्रसाद पौडेल,कास्की– २
३.बिना गुरुङ्ग,कास्की– ३

लुम्बिनी प्रदेश
१.कन्हैया बनिया,रुपन्देही– ४
२.सुरेश कुमार चौधरी,बाँके– १
३.खगेन्द्र सुनार,बाँके– ३