बागलुङ-२ मा कांग्रेसका पौडेल र रास्वपाका शर्मा बीच कडा प्रतिस्पर्धा

बागलुङ-२ मा कांग्रेसका पौडेल र रास्वपाका शर्मा बीच कडा प्रतिस्पर्धा

३८ हजार मत गन्दा १४४ को अन्तर


बागलुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बागलुङ(२ मा जारी मतगणनाको रास्वपा र कांग्रेसबीच कडा प्रतिस्प्रर्धा भएको छ । ३८ हजार ३०४ मतगणना भइसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मा र नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेलबीच जम्मा १४४ मतान्तर रहेको छ । शर्माले १० हजार २६० मत प्राप्त गर्दा कांग्रेसका पौडेलले १० हजार ११६ मत प्राप्त गरेका छन् ।

क्षेत्रनम्बर २ मा अझै ९ हजार २२३ मत गणना गर्न बाँकी छ । यसैगरी नेकपाका ज्ञामनाथ गैरेले ८ हजार ७५५ मत प्राप्त गर्दा नेकपा एमालेका मञ्जु शर्मा चालिसेले ५ हजार ६०९ मत प्राप्त गरेकी छन् ।