समाचारको झट्का : विपद् प्राधिकरणले वेबसाइटबाट ओली कालीन विवरण हटायो

समाचारको झट्का : विपद् प्राधिकरणले वेबसाइटबाट ओली कालीन विवरण हटायो


काठमाडौ । नेपाल सरकार गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण जस्तो महत्वपूर्ण र संवेदनशील संस्था विगत ११ महिनादेखि निष्कृय र गतिविधिविहिन भएर बसेको समाचार विकासटाइम्स डटकममा प्रकाशित भएपछि केहि सुधार आएको छ । प्राधिकरणको कार्यकारी प्रमुख ईन्जिनियर दिनेश प्रसाद भट्टले तत्काल आफ्नो वेबसाइटका डाटा हटाएका छन् । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा १० बमोजिम गठन भएको प्राधिकरणको कार्यकारी प्रमुख ईन्जिनियर दिनेश प्रसाद भट्टले पूर्ववर्ती केपी शर्मा ओलीको सरकार अपदस्त भएपछि संस्थालाई झन गतिहिन र लथालिङ्ग बनाएका छन्।
२७देखि प्रधानमन्त्रीमा बहाल भएकी शुसीला कार्कीको तस्वीर र विवरण राखिएको थिएन ।

प्राधिकरणका कार्यकारी प्रमुख भट्ट स्वयम् प्राविधिक विशेषज्ञता र सीप भएका व्यक्ति हुन्। उनको दक्षताको अभाव हो वा पूर्वाग्रही नियतले हो वर्तमान प्रधानमन्त्रीलाई उनले परिषद् अध्यक्षमा स्वीकार गरेको पाइँदैन। त्यति मात्र होइन, प्राधिकरणको कार्यकारी अध्यक्षमा ६ महिनाअघि नै गृहमन्त्री पदबाट राजिनामा दिएका रमेश लेखकको तस्वीर र विवरण आधिकारिक वेबसाईटमा राखिएको छ। लेखकलाई गृहमन्त्रीको हैसियतमा प्राधिकरणको कार्यकारी अध्यक्ष भएको जनाइएको थियो । परिषदमा तत्कालिन प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा।आरजु राणा, कानुनमन्त्री अजय चौरसिया, कृषिमन्त्री रामनाथ अधिकारी, खानेपानीमन्त्री प्रदीप यादव लगायत रहेको झुटा विवरण वेबसाईटमा राखिएको थियो । परिषद् सदस्य भनीएकाहरु हाल कोही मन्त्री बर्तमान मन्त्रिपरिषद्का सदस्य होइनन्।

यता प्राधिकरणको कार्यकारी समितिको सदस्यमा छ महिनाअिघका उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्री राजकुमार गुप्ता (भ्रष्टाचार अभियोगमा मुद्धा दर्ता), तत्कालिन स्वास्थ्यमन्त्री प्रदीप पौडेल र संसदका सदस्य समेत नरहेका पूर्वमन्त्री भरतकुमार शाहको समेत नाम उल्लेख गरिएको थियो ।