काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले पार्टीले गरेका काम र भोगेका घटनाक्रम जनतासम्म स्पष्ट रूपमा पुर्याउन नसक्दा निर्वाचनमा हार बेहोर्नुपरेको निष्कर्ष निकालेको छ । शनिबार फागुन ३० गते अध्यक्ष केपी ओली निवास भक्तपुरको गुण्डुमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी सचिव लेखराज भट्टले यस्तो बताएका हुन् ।
भट्टका अनुसार पार्टीले गरेका काम, भदौ २३ र २४ गते भएको घटनासहितका विभिन्न राजनीतिक घटनाक्रम तथा पार्टी नेतृत्वमाथि भएको आक्रमणलाई जनतामाझ स्पष्ट रूपमा राख्न नसक्दा जनमत प्रतिकूल गएको बुझाइ बैठकमा व्यक्त भयो ।
उनले भने, ‘हामीले गरेका काम जनतासम्म पुर्याउन सकेनौँ । भदौ २३ गतेको घटना पनि जनतासँग प्रस्ट पार्न सकेनौँ, त्यसैले हार बेहोर्नुपर्यो । ती घटनाक्रममा पार्टी नेतृत्वको भूमिका के थियो र पार्टीमाथि कसरी आक्रमण भ

प्रतिक्रिया