काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा चुनावमा हार व्यहोर्नुको ५ कारण देखाएको छ । शुक्रबार र आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले पेस गरेका २७ बुँदे प्रारम्भिक समीक्षा प्रतिवेदनमाथि भएको छलफलबाट चुनाव हार्नुका पाँच कारण औँल्याएको हो ।
उक्त कारण व्यक्तिगत नभई संरचनागत, प्रणालीगत तथा परिस्थितिजन्य भएको बैठकले ठहर गरेको छ । साथै, तल्ला तहबाट प्रतिवेदन आएपछि फेरि समीक्षा गर्ने निर्णय बैठकले गरेको छ ।
५ कारण –
• चरम गुटबन्दी तथा आन्तरिक असहयोगका कारण संगठनात्मक शक्ति कमजोर हुनु।
• गठबन्धन सरकारको कार्यसम्पादनमा जनअपेक्षाविपरीत परिणाम देखिनु।
• विगतका शासन व्यवस्थाका संरचनागत कमजोरीहरू (३५ वर्षमा ३२ सरकार परिवर्तन समेत ) का कारण जनआक्रोश बढ्नु।
• जेन–जेड युवा आन्दोलनले पुराना राजनीतिक शक्तिहरूप्रति असन्तोष अभिव्यक्त गर्नु।
• डिजिटल युगमा एल्गोरिदमिक प्रभावका कारण नयाँ शक्तिहरू लाई प्रतिकृयात्मक लाभ पुग्नु।

प्रतिक्रिया