प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ


काठमाडौ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधबार शपथ लिएका छन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ सदस्य केसीलाई शपथ गराएका छन्। राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा केसीले पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथ ग्रहण समारोहमा उच्च पदस्थ व्यक्ति, सुरक्षा निकायका प्रमुख, कुटनीतिक नियोगका प्रमुख लगायतको उपस्थित रहेको थियो।

अब ज्येष्ठ सदस्य केसीले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनेछन्।