काठमाडौ । गृहमन्त्री सुधन गुरूङले न्यायको सुरूआत भएको बताएका छन्। पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि उनले कसैप्रति प्रतिशोध नसाँधिएको बताएका हुन्। ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौं। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरूआत हो। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ,’ उनले भनेका छन्।
भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शनिबार बिहानै ओली र लेखक दुवै जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरू दुवै जनालाई पक्राउ गरी काठमाडौं जिल्ला प्रहरी परिसर ल्याइँदै गरेको परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए।

प्रतिक्रिया