पुराना कुकर्मका कारण नेपालका पूर्वप्रधानमन्त्री र गृहमन्त्री पक्राउ :अरविन्द केजरीवाल

पुराना कुकर्मका कारण नेपालका पूर्वप्रधानमन्त्री र गृहमन्त्री पक्राउ :अरविन्द केजरीवाल


काठमाडौं । भारतको दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे बोलेका छन् । आफ्नो पुरानो कुकर्मका कारण ओली र लेखकको पक्राउ परेको बताए । केजरीवालले सामाजिक सञ्जालमा एबीपी न्युजको समाचार सेयर गर्दै लेखेका छन्,’पुराना कुकर्मका कारण नेपालका पूर्व प्रधानमन्त्री र गृहमन्त्री पक्राउ’

ओली र लेखक पक्राउको समाचार भारतीय सञ्चारमाध्यमले प्राथमिकताका साथ छापिरहेका छन् । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा प्रहरीले शनिबार बिहान ओलीलाई भक्तपुरको गुण्डु र लेखकलाई कटुञ्जेबाट पक्राउ गरिएको हो ।

केजरीवाललाई मदिरा नीतिसँग सम्बन्धित कथित भ्रष्टाचार प्रकरणमा केही हप्ताअघि दिल्लीको राउज एवेन्यू कोर्टले सबै आरोपबाट मुक्त गरेको थियो ।