काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रियसभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । लामिछानेलाई भेट्न ठाकुर मंगलबार (चैत १७ गते) बिहान उनको निजी निवास बूढानीलकण्ठ पुगेका थिए । भेटमा वर्तमान राजनीतिक स्थिति, मधेसको विकास, प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा विस्तृत छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार, “पछिल्लो जनादेशअनुसार समग्र राष्ट्रिय विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुवै पक्षबीच एकमत रहेको छ ।” महन्थ ठाकुर जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक हुन् । हाल रास्वपा प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियतमा छ ।
यो भेटलाई राजनीतिक वृत्तमा महत्वपूर्ण मानिएको छ । पछिल्लो निर्वाचनपछि रास्वपाले ठूलो जनमत प्राप्त गरेको छ भने मधेसका मुद्दामा ठाकुरको भूमिका उल्लेखनीय रहँदै आएको छ । दुवै नेताबीचको छलफलले भविष्यमा राजनीतिक सहकार्यको सम्भावना बढाएको छ ।

प्रतिक्रिया