काठमाडौं । संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको जानकारी गराएको छ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सांसदहरूलाई अधिवेशन आह्वान गरेको जानकारी गराउँदै तोकिएको समयमा उपस्थित हुन आग्रह गरेको छ।सूचनामा राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम २०८२ साल चैत १९ गते बिहीबार दिउँसो २ बजे संघीय सांसदका दुवै सदनको अधिवेशन आह्वान गरेको उल्लेख छ।
प्रतिनिधि सभाको बैठक निर्माणाधीन संघीय संसद् भवनको स्थानमा रहेको बहुउद्देश्यीय कक्ष र राष्ट्रिय सभाको बैठक सिंहदरबारस्थित राष्ट्रिय सभा कक्षमै बस्ने जनाइएको छ

प्रतिक्रिया