देउवा निवास र जग्गा बेचिएको छैन :स्वकीय सचिव भानु

देउवा निवास र जग्गा बेचिएको छैन :स्वकीय सचिव भानु


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको सचिवालयले देउवा निवास र जग्गा नबेचिएको स्पष्ट पारेको छ । देउवाका स्वकीय सचिव भानु दलेउवाले   भने, “निवास र जग्गा बेचिएको छैन । बेच्ने योजना समेत छैन ।” उनले आगोले जलेर जीर्ण भएको भवन पुनर्निर्माणको प्रक्रियामा रहेको जानकारी दिए । दलेउवाले आफूहरूसँग कुनै जानकारी नमागी समाचार लेखिएकाले गलत सूचना प्रवाह भएको बताएका छन् ।

निर्माण व्यवसायी विकास गौतमले देउवाको निवास किन्न लागेको भन्दै केही दिनअघि विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएका थिए । तर निर्माण व्यवसायी गौतमले पनि खरिद/बिक्री प्रक्रियाबारे आफू पूर्ण रूपमा अनविज्ञ रहेको बताएका छन् ।    देउवा निवासको पुनर्निर्माण प्रक्रिया चलिरहेको र कुनै पनि प्रकारको बिक्री वा खरिद नभएको सचिवालयको भनाइ छ ।