कांग्रेसले प्रतिनिधिसभा सभामुख पदमा उम्मेदवारी नदिने

कांग्रेसले प्रतिनिधिसभा सभामुख पदमा उम्मेदवारी नदिने


काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । सत्तापक्षसँग संसद्मा सुविधाजनक बहुमत रहेको र सभामुख पद साझा व्यक्तिबाट संचालन हुनुपर्ने भएकाले उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसले जनाएको छ ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलले भने, “संसद् मर्यादित र निष्पक्ष ढंगले चलाउने दायित्व सभामुखमा रहने भएकाले संसद्को गरिमा थप बढ्ने अपेक्षा सहित हामीले उम्मेदवारी नदिने निर्णय गरेका हौं ।”राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल) ले सभामुख पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् । चैत २२ गते शनिबार सभामुख निर्वाचन हुँदैछ ।

रास्वपासँग १८२ सिट रहेकोले अर्यालको निर्वाचन लगभग निश्चित छ । कांग्रेसको यो निर्णयपछि सभामुख निर्वाचनमा प्रतिस्पर्धा नहुने देखिएको छ ।