काठमाडौं । नेपाली कांग्रेसको लामो आन्तरिक विवाद अब निर्णायक मोडमा पुगेको छ । १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा–पूर्णबहादुर खड्का पक्ष र विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ कार्यसमितिबीचको द्वन्द्व सर्वोच्च अदालतमा अड्किएको छ । चैत २२ गते यो मुद्दाको पेसी तोकिएको छ । अदालतको फैसला जेसुकै आए पनि पार्टी फुट्ने जोखिम उच्च छ । दुवै पक्षको अडान कडा छ भने डा शेखर कोइरालाले एकताको अभियान चलाए पनि ठोस प्रगति देखिएको छैन ।
पुरानो संस्थापन पक्षले विशेष महाधिवेशनलाई अवैध ठानेको छ । निर्वाचन आयोगले गगन थापा पक्षलाई आधिकारिक मान्यता दिए पनि देउवा–खड्का पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । एक बरिष्ठ नेताका अनुसार, अदालतले देउवा समुहको पक्षमा फैसला दिएमा कांग्रेस विभाजनको संघारमा पुग्नेछ । अर्कोतर्फ, यदि अदालतले विशेष महाधिवेशन अर्थात गगन थापा पक्षलाई वैध ठहर्यायो भने देउवा निकट नेताले ‘कांग्रेस फुट्छ, हामी गगनसँग मिलेर जाने अवस्था छैन’ भनेका छन् । ति नेता अदालतको सम्मान गर्न गर्दै आगामी दिनको बाटो तय गर्ने बताए । किासटाइम्सको जिज्ञासामा उनले भने सबैको सम्मान इज्जत र आमनागरिकको पक्षमा काम गर्ने गरि अगाडी बढ्ने बताए ।
शेखर कोइरालाको भूमिका
डा शेखर कोइराला अहिले पार्टीको ‘मध्यस्थ’ जस्तो देखिएका छन् । विशेष महाधिवेशनको सनाखत गर्न नहुने देखि नै देउवापक्षलाई कठोर नबन्न र महामन्त्री द्धय गगन थापा र बिश्वप्रकाश शर्मा सहितका नेतालाई कार्वही गर्ने निर्णय नगर्न दवाव दिदै आएका थिए । डा कोइराला पछिल्लो समय पूर्णबहादुर खड्का पक्षको बैठकमा उनी देखिएका छन् तर कुनै निर्णयमा हस्ताक्षर गरेका छैनन् । उता गगन थापा पक्षले भने उनलाई अहिलेसम्म बैठकमा निम्तो नगरेको उनी निकट एक नेताले बताए । ति नेता भन्छन् -गगन जीले बोलाए त्यहाँपनि जानुहुन्छ उहाँ काँग्रेस एकताको पक्षमा जहाँ जान जे गर्न पनि तयार हुनुहुन्छ । पछिल्लो एक हप्तादेखि शेखरले दुवै पक्षलाई मिलाउन दौडधुप बढाएका छन् । आज उहाँले बिपी कोइराला स्मृति अस्पतालको कार्यक्रममा उनले स्पष्ट पारे — “म कुनै गुटमा छैन, दुई कांग्रेसलाई मिलाएर लैजानुपर्छ ।”
प्रतिनिधि सभाको निर्वाचनपछि कांग्रेसकै नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा आफूलाई गाली गरिरहेको उनले उल्लेख गरे। त्यसबारे आफू जानकार रहेको बताउँदै कोइरालाले भने, ‘मलाई जसले जति गाली गरे पनि हुन्छ। मलाई केही पनि असर गर्दैन, त्यो गालीले।’ आफू कांग्रेसलाई बलियो बनाउन हिडेको उनको भनाइ थियो। त्यसका लागि सामाजिक सञ्जालमा आउन गालीगलौजले आफूलाई फरक नपर्ने उनले सुनाए।
‘किन गर्दैन भने मेरो एउटै लक्ष्य छ, नेपाली कांग्रेसलाई एक ढिक्का बनाईकन आगामी निर्वाचनमा फेरि हामीहरू पहिलो पार्टीको रुपमा प्रस्तुत हुने मेरो त्यति मात्रै इच्छा हो,’ डा.कोइरालाले भने। उनका निकटस्थका नेताका अनुसार, यदि पार्टी फुटिहाल्यो भने पनि शेखर न गगन थापा पक्षमा जान्छन्, न फुटेको देउवा पक्षमा । उनी विभाजन भए पनि अन्तिमसम्म दुई पक्षलाई मिलाउने प्रयासमै रहनेछन् ।
कांग्रेस फुटेमा पार्टीको साख, आन्तरिक लोकतन्त्र र आगामी निर्वाचनमा राजनीतिक भूमिका दुवै कमजोर हुनेछन् । अन्य दलहरूलाई फाइदा पुग्ने स्पष्ट जोखिम छ । शेखर कोइरालाको प्रयासले अहिलेसम्म दुवै पक्षलाई वार्ताको टेबलमा ल्याउन सकेको छैन, तर उनी ‘एकताको कांग्रेस’ बाहेक अरू कुनै पक्षमा सामेल नहुने संकेत स्पष्ट छन् ।
विश्लेषकहरू भन्छन् — नेताहरूले व्यक्तिगत महत्वाकांक्षा माथि उठेर विधान र कानुनी प्रक्रियालाई सम्मान गर्नुपर्छ एक भएर जाने बातबरण बनाउनुपर्छ ।
दुवै पक्षको तयारी
गगन थापा पक्षले कार्यसमिति पूर्ण रूपमा गठन गरिसकेको छ । गगन थापा, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, प्रदीप पौडेललगायतले नेतृत्व गरिरहेका छन् । देउवा पक्ष (१४औं महाधिवेशनको केन्द्रीय समिति)ले भने अदालतको फैसलापछि विभाजन भएमा उपसभापति धनराज गुरुङ, डा .प्रकाशशरण महत वा एनपी साउदमध्ये एकलाई सभापति बनाउने तयारी गरेको छ । एक केन्द्रीय सदस्यका अनुसार, तिनैमध्ये एकको नेतृत्वमा संगठन विस्तार गरेर अघि बढिनेछ ।
दुबै पक्षमा सर्वोच्च अदालतको फैशलापछि पार्टी कब्जा गर्ने रणनितिमा लागेको देखिन्छ । आफ्नो अनुकुल फैशला भएमा बैधानिक बाटोबाटै पार्टी कब्जा गर्ने नत्र नयाँपार्टी बनाएर जाने गरि आचनितरिक गृहकार्यमा जुटेको बताइएको छ ।

प्रतिक्रिया