कांग्रेसको विवाद चर्कियो : मुद्दा फिर्ता नलिएसम्म संवाद हुँदैन

कांग्रेसको विवाद चर्कियो : मुद्दा फिर्ता नलिएसम्म संवाद हुँदैन


काठमाडौ । नेपाली कांग्रेस बिवाद थप चर्किएको छ । विशेष महाधिवेशन र नियमित महाधिवेशनका बीच भएको विवादको समाधानको बाटो खोज्ने तर्फ दुबै पक्ष निष्क्रिय देखिएको छ। नेपाली कांग्रेस विशेष महादिवेशन बाट निर्वाचित सभापति गगनकुमार थापाको नेतृत्वको नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रहेको मुद्दा फिर्ता लिए मात्रै दुईपक्ष बिच संवाद हुने बताएका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अदालतमा मुद्धा राखेर गर्ने संवादको अर्थ नभएको स्पष्ट पारेका छन् । १५ औ महाधिबेशनको तिथीमिति तोकेर अगाडी बढिसकेको जानकारी दिदै चालिसेले भने -‘साइडलाईन बार्तामा भएकैछ तर मुद्धा फिर्ता नलिए सम्म छलफल गर्नुको अर्थ छैन ।’

संवादको बातावरण बनाउन शेर बहादुर देउवापक्षलाई आग्रह गर्दे प्रवक्ता चालिसेले समयमा नै महाधिवेशनमा जान सकिने बताएका छन् । उनले विशेष महाधिवेशनलाई स्वीकार गरेर अदालतको मुद्दा फिर्ता लिएर संवादमा आउन आग्रह समेत गरेका छन् । देउवा पक्षले बिशेष महाधिबेशनलाई अस्वीकार गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेर अदालतको निर्णय पर्खिएर बसेकमा छन् ।