काठमाडौं । गृह मन्त्रालयको पहलमा पूर्वप्रधानमन्त्री शेरवहादुर देउवा र उनकी पत्नी तथा पूर्व परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी लिइएको छ । सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको हो ।
प्रहरी स्रोतले पक्राउ अनुमति लिइए पनि पक्राउको लागि निर्देशन वा अनुरोध आइनसकेको जनाएको छ । देउवा दम्पती अहिले विदेशमा छन् ।
उनीहरूलाई आवश्यक परे इन्टरपोलमार्फत पनि नोटिस जारी गरेर ल्याउन सकिने गृह मन्त्रीनिकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया