वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा फर्किए वा नफर्किए पनि कुनै फरक नपर्ने बताएका छन् । संयुक्त बेस एन्ड्रयुजमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “उनीहरू फर्किऊन् वा नफर्किऊन्, मलाई मतलब छैन । फर्किंदैनन् भने पनि ठिकै छ ।”
पाकिस्तानमा २१ घण्टा चलेको वार्ता असफल भएपछि यो टिप्पणी आएको हो । वार्ता असफल भएसँगै दुई साताको युद्धविराम अन्योलमा परेको छ । यसैबीच अमेरिकी सेनाले सोमबारदेखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी लागू गर्ने घोषणा गरेको छ ।
यसअघि नै अमेरिकी सेनाले सोमबारदेखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी गर्ने घोषणा गरेको छ। गत शनिबार र आइतबार पाकिस्तानमा २१ घण्टा वार्ता गरे पनि अमेरिका र इरानबिच सहमति हुन सकेन। nजसले गर्दा गत मंगलबार दुई देशबिच २ साताका लागि गरिएको युद्धविराम अन्योलमा परेको छ।

प्रतिक्रिया