क्रियाशील सदस्य नविकरण गर्न बैशाख १ गते सभापति गगन थापा ज्ञानेश्वर कांग्रेस वडा कार्यलय जाने

क्रियाशील सदस्य नविकरण गर्न बैशाख १ गते सभापति गगन थापा ज्ञानेश्वर कांग्रेस वडा कार्यलय जाने


काठमाडौं । नेपाली कांग्रेसकासभापति गगनकुमार थापाले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण प्रक्रियामा आफैं उपस्थित भएर फारम भर्नुपर्ने बताएका छन् ।
लुम्विनी प्रदेश निर्वाचन समीक्षा बैठकमा उनले भने “मेरो वडा नम्बर ३० मा मेरो घर ज्ञानेश्वरमा छ त्यहाँ कांग्रेसको वडा कार्यलयमा म जान्छु । उनले थपे – “अब म जान्छु त्यहाँ गएर एउटा फारम भर्छु । त्यो फारम भरेपछि बिधान अनुसार समिति बस्छ, मेरो अद्यावधि गर्ने नगर्ने निर्णय गर्छ ।”थापाले स्पष्ट पार्नुभयो कि सदस्यता निरन्तरता राख्न चाहने व्यक्तिले स्वयं उपस्थित भएर फारम भराउनुपर्ने बताए ।

यो विशेष महाधिवेशनले सुरु गरेको विधानले के भन्छ एक पटकको लागि अध्यावधि अनिवार्य छ ” उनको भनाइ छ । कांग्रेसले बैशाख महिनाभर वडा तहबाटै स्वयं उपस्थित र्भ फारम भर्ने र शपथ लिने प्रक्रिया अनिवार्य गरेको छ ।