प्रधानमन्त्री र मन्त्रीको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गर्दै प्रदर्शन

प्रधानमन्त्री र मन्त्रीको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गर्दै प्रदर्शन


काठमाडौं । अखिल (क्रान्तिकारी) ले मन्त्रिपरिषद्का सदस्यहरूको सार्वजनिक भएको सम्पत्तिको स्रोत खुलाउन तथा सम्पत्ति छानबिन गर्न माग गर्दै सझमबार काठमाडौंमा प्रदर्शन गरेको छ ।  रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन नेतृत्वको मन्त्रिपरिषद्का प्रधानमन्त्री तथा मन्त्रीहरूको आइतबार सम्पत्ति विवरण सार्वजनिक गरिएको थियो ।

प्रधानमन्त्रीलगायत केही मन्त्रीहरूसँग करोडौँको सम्पत्ति रहेको सार्वजनिक गरिएको थियो । त्यसपछि सामाजिक सञ्जालहरूमा यो विषय निकै चर्किएको छ । पूर्वअर्थमन्त्री रामेश्वर खनालले सम्पत्ति विवरणको विश्वसनीयतामाथि नै प्रश्न उठाएका छन् ।