अख्तियार प्रमुख प्रेम राई सँग भेटेसगै राती किन गए गृहमन्त्री गुरुङ कार्की निवास ?

अख्तियार प्रमुख प्रेम राई सँग भेटेसगै राती किन गए गृहमन्त्री गुरुङ कार्की निवास ?


काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम नक्सालस्थित प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको सरकारी निवासमा पुगेका छन् ।
पूर्वजानकारीबिना आकस्मिक रूपमा पुगेका दुवै मन्त्रीको आगमनपछि अन्यत्र कार्यरत प्रहरी अधिकारीहरूलाई पनि त्यहाँ बोलाईएको थियो । स्रोतका अनुसार उनीहरूले केही व्यक्तिको पक्राउलाई कानुनसम्मत बनाउने गरी प्रहरीलाई निर्देशन दिने विषयमा छलफल गरेको बुझिएको छ । प्रहरी प्रमुखको निवास जानुअघि गृहमन्त्री गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राई सँग भेट गरेका थिए । निवासमा पुगेपछि गृहमन्त्री गुरुङले प्रहरी महानिरीक्षक कार्कीसँग एक्लै भेट गरेका थिए भने कानुनमन्त्री सोविता गौतम बाहिर चौरमा बसेकी थिइन् । केही समयपछि उनी चौरबाट फर्किएको प्रहरी स्रोतले जनाएको छ । यो घटनालाई सुरक्षा निकायका अधिकारीहरूले ‘असामान्य र आकस्मिक’ भनेका छन् । यसले सुरक्षा तथा प्रशासनिक तहमा चर्चा र तरंग पैदा गरेको छ ।