काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले आफ्नो सम्पत्ति विवरण छिट्टै सार्वजनिक गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै उनले आफ्नो नाममा कुनै पनि अचल सम्पत्ति ९जग्गाजमिन० नभएको दाबी गरेका हुन्। उनले लेखेका छन् ूमेरो सम्पत्ति विवरण चाहिएको रहेछ, केही दिनपछि औपचारिक रूपमै दिउँला। मेरो नाममा केही छैन, जे छ आमाको नाममा र वैदेशिक रोजगारीको कमाइ मात्र हो। जनस्तरबाट उठिरहेको जिज्ञासालाई सम्बोधन गर्दै वैदेशिक रोजगारीका क्रममा उनले ४ देखि ५ तोलासम्म सुन आर्जन गरेको जनाएका छन् । यस्तै बैंक मौज्दात २ देखि ४ लाख रुपैयाँसम्म नगद रहेको जनाएका छन् । उनले आफ्नो व्यक्तिगत नाममा कुनै पनि घर वा जग्गा नभएको बताएका छन् ।
आफ्नो पुर्ख्यौली सम्पत्तिबारे स्पष्ट पार्दै साम्पाङले खोटाङको केपिलासगढी गाउँपालिका–२, चोखाने गाउँमा केही खेतबारी रहेको जानकारी दिए। यद्यपि, उक्त सम्पत्ति अझै पनि आमाको नाममा रहेको र भिरालो पाखा, खरबारी एवं बाँसघारीका रूपमा रहेको उनले बताएका छन्। उक्त पैतृक सम्पत्तिमा हालसम्म दाजुदिदीहरूले पनि अंशबन्डा नगरेको उनको भनाइ छ।
जनप्रतिनिधिहरूले पदभार ग्रहण गरेपछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान र नागरिक दबाबका बीच साम्पाङले यस्तो स्पष्टीकरण दिएका हुन्। उनले केही दिनभित्रै औपचारिक रूपमा पूर्ण विवरण सार्वजनिक गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

प्रतिक्रिया