कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो ७ दिने स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो ७ दिने स्पष्टीकरण


काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोधेको छ ।

पटक-पटक कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेपछि बुधबार बसेको कांग्रेस अनुसशासन समितिको बैठकले खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको समितिका सचिव दिनेश थापामगरले जानकारी दिए ।

सभापति गगन थापाले सबैलाई वडा-वडामा पुगेर सदस्यता अद्यावधिक गर्न निर्देशन दिएका थिए ।

त्यसको विरोध गर्दै गत चैत ३० मा खड्काले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति जारी गरेपछि कांग्रेसले सचेत गराएको थियो । सचेत गराउँदा पनि कार्यवाहक सभापति भनेरै विज्ञप्ति जारी गरेपछि कारबाहीको प्रक्रिया अघि बढाएको हो ।