कांग्रेसको मुद्दा हेर्दाहेर्दैमा, शुक्रवार आदेशको सम्भावना

कांग्रेसको मुद्दा हेर्दाहेर्दैमा, शुक्रवार आदेशको सम्भावना


काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर मुद्दाको सुनुवाइ भोलि पनि हुने भएको छ । शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी चढेको उक्त मुद्दा आज हेर्दाहेर्दैमा छाडिएको हो । आज रिट निवेदक (देउवा)पक्षका वकिलहरू र निर्वाचन आयोगको तर्फबाट सरकारी वकीलले बहस गरे ।

भोलि गगन-विश्वतर्फका वकीलले बहस गर्ने छन् । त्यसपछि जवाफी बहस हुनेछ । सम्भवत: भोलि आदेश आउने सम्भावना रहेको कानुन व्यवसायीले बताएका छन् । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिता दिने निर्णय निर्वाचन आयोगको निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले रिट दायर गरेको छ ।

उक्त मुद्दा विचाराधीन रहेको अवस्थामा १५ औँ महाधिवेशनको कार्यतालिका ल्याइएको र सदस्यता खुलाउने निर्णयविरुद्ध तत्कालीन कावा सभापति पूर्णबहादुर खड्काले अर्को रिट दायर गरेका छन् ।