काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ चलिरहेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा हिजोबाट सुनुवाइ सुरु भएको थियो । हालसम्मको सुनुवाइमा रिट निवेदक पक्ष र विपक्षका वकिलहरूले बहस गरिसकेका छन् ।
विपक्षका तर्फबाट कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा आफै बहस गर्न भनेर इजलासमा पुगेका थिए । तर, समय अभावका कारण उनले बहस गर्न भने पाएनन् । अहिले रिट निवेदकको तर्फबाट जवाफी बहस सुरु भएको छ । अब जवाफी बहसपछि इजलास निर्णय सुनाउने प्रक्रियामा जानेछ । यही कारण सम्भवत:यो रिटमा आजै फैसला आउनसक्ने देखिएको छ

प्रतिक्रिया