सामाजिक सञ्जालबाटै गृहमन्त्री सुधन गुरुङले प्रस्टीकरण

सामाजिक सञ्जालबाटै गृहमन्त्री सुधन गुरुङले प्रस्टीकरण


काठमाडौं । शंकास्पद शेयर कारोबारमा विवादमा तानिएपछि गृहमन्त्री सुधन गुरुङले प्रस्टीकरण दिएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै प्रस्टीकरण दिएका हुन् । उनले भनेका छन्, ुविषय अलि जटिल ढंगले प्रस्तुत भएकाले म यसलाई सरल भाषामा स्पष्ट पार्न चाहन्छु । स्पष्ट कुरा, हल्ला धेरै छन्, तर तथ्य के हो भन्ने बुझ्न जरुरी छ ।

“२५ लाखको सेयर लुकाइएको” भनिएको छ। वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन्। मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जोकोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो। यो लुकाउने होइन, वर्गीकरणको विषय हो । उनले ऋण लिएर शेयर किनेको दाबी गरेका छन् ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग मन्त्री गुरुङको व्यवसायिक साझेदारी रहेको खुलेको थियो । त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उनलाई पदबाट हटाएर निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ ।