काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाएको हो ।
समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहने सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।
यस्तै, बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षमा डिल्लीराज आचार्य र सदस्यमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया