काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका-१ स्थित जलजलामा भएको जिप दुर्घटनामा अहिलेसम्म २० जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीकाअनुसार बिहीबार रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप भिरबाट ८०० मिटर तल खसेको हो ।
लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
अहिले उद्धार कार्य जारी रहेको छ ।

प्रतिक्रिया