काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश- २०८३ जारी गरेका छन् ।सरकारकाे सिफारिसमा राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम साे अध्यादेश जारी गरेका हुन् । याेसँगै सरकारले राष्ट्रपति कार्यालयमा पठाएका ८ मध्ये तीन अध्यादेश जारी भइसकेका छन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका थिए ।
बाँकी अध्यादेश भने अध्ययनकाे क्रममा रहेकाे शाक्यले जानकारी दिए ।

प्रतिक्रिया