सुकुम्बासीको पक्षमा माइतीघरमा खबरदारी सभा [तस्वीरहरू]

सुकुम्बासीको पक्षमा माइतीघरमा खबरदारी सभा [तस्वीरहरू]


काठमाडौं । सुकुम्बासी तथा अव्यवस्थित बस्तीमा पछिल्लो समय सरकारले डोजर चलाएर आवास भत्काइएको विरोधमा शनिबार माइतीघर मण्डलामा खबरदारी सभा गरिएको छ ।

‘यो देश गरिबको पनि हो’ भन्ने नारासहित श्रम संस्कृति पार्टी बागमती प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागीहरू वैकल्पिक व्यवस्थाबिना बस्ती हटाउनु अमानवीय भएको बताउदै प्रदर्शनमा उत्रिएका हुन् ।

हालै काठमाडौंसहित विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाइएपछि प्रभावित परिवारहरू समस्यामा परेको भन्दै प्रदर्शनकारीहरूले आवासको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।

हेरौं तस्वीरहरू –