काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सभामुख र उपसभामुखको उपस्थित नहुँदा सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत गरेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले ७ सदस्य मनोनीत गरेको जानकारी गराए ।
जसमा गंगालक्ष्मी अवाल, कामिनी कुमारी, ताहिर अलि भाट, पूर्णप्रसाद लिम्बु, बलावती शर्मा, मिङमा ग्याबु शेर्पा र यज्ञबहादुर बोगटी छन् ।

प्रतिक्रिया