नीति तथा कार्यक्रम : संविधान संशोधनका लागि बहसपत्र तयार पारिने

नीति तथा कार्यक्रम : संविधान संशोधनका लागि बहसपत्र तयार पारिने


काठमाडौं । सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा प्रस्तुत सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरिरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा पहिलोपटक नीति तथा कार्यक्रम आउँदै छ । यो नीति तथा कार्यक्रमले बालेन सरकार कसरी अगाडि बढ्दै छ भन्ने संकेत देखिनेछ ।

नीति तथा कार्यक्रमअनुसार आगामी आर्थिक वर्षका लागि बजेट व्यवस्था हुनेछ । आगामी जेठ १५ गतेअघि नै संसद्बाट नीति तथा कार्यक्रम पारित हुनुपर्छ । त्यसपछि जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस गरिनेछ ।

राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्षमा संविधान संशोधनका लागि बहसपत्र तयार पार्ने जनाएका छन् । आर्थिक विषय डिजिटल गरिनेछ ।